दफा २६
मूल ऐनको दफा ४६ मा संशोधनः

मूल ऐनको दफा ४६ को उपदफा (७) पछि देहायकोउपदफा (८), (९),(१०) र (११) थपिएकाछन्ः–“(

८) यस दफा बमोजिम राखिएको शेयरधनी र डिवेञ्चरवालाको दर्ता किताब शेयर तथा डिवेञ्चरका सम्बन्धमा कम्पनीको आधिकारीक अभिलेख मानिनेछ र सरकारी वा गैर सरकारी जुनसुकै प्रयोजनका लागि मान्यहुनेछ ।

(९) यस दफा बमोजिम खडा गरिएको दर्ता किताबको विवरणको एक प्रति प्रतिलिपी कम्पनीको संचालकसमितिको निर्णय अनुसार प्रमाणित गरी तीसदिनभित्र अभिलेखका लागि कार्यालयमा पेश गर्नु पर्नेछ ।

(१०) उपदफा (९) बमोजिम पेश भएकोविवरणमा उपदफा (८) मा अभिलेख भएको विवरण कुनै कारणले झुठ्ठा, कीर्ते वा जालसाजपूर्ण भएकोमा सम्बन्धित सञ्चालकसमिति र त्यस्तो दर्ता किताबमा हस्ताक्षर गर्ने सञ्चालक वापदाधिकारी व्यक्तिगत रुपमा जवाफदेहीहुनेछ ।

(११) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्ति वा संस्थालेउपदफा (८) बमोजिम पेश भएको विवरणको प्रतिलिपि माग गरेमा, त्यस्तो विवरणमा हस्ताक्षरगर्ने संचालक वा पदाधिकारी कार्यालयमा उपस्थित भई रजिष्ट्रार समक्ष सनाखत भएको रहेछ भने कार्यालयलेत्यस्तो प्रति उपलब्ध गराउन सक्नेछ।”